समाज

व्यवसायी र प्रशासन एक्कै ठाउँमा बसी गरे छलफल

जनकपुरधाम १८ गते फागुन । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा बुधबार धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु तथा व्यवसायीहरुले व्यवसायलाई व्यवस्थित बनाउन छलफल गरेका छन् । संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न बस्तुगत संगठनका व्यापारीहरुले आफुहरुको व्यवसायमा भईरहेको समस्याका बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए ।सो अवसरमा सूनचाँदी व्यवसायी, हार्डवेयर व्यवसायी, होटल तथा पर्यटन व्यवसायी, ईटा व्यवसायी, विद्युतीय व्यवसायी, औषधी व्यवसायी,मदिरा व्यवसायी, किराना व्यवसायी लगायतका व्यवसायीहरुले आ–आफ्ना समस्याहरु राखेका थिए। व्यवसायीहरुको समस्यालाई समाधान गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरु, आन्तरिक राजश्व कार्यालयका प्रमुखले व्यवसायीहरुको प्रश्नको जवाफ दिदै व्यवसायलाई थप व्यवस्थित गर्न सल्लाह दिएका थिए ।विभिन्न बस्तुगत संगठनका व्यवासयीहरुले आफुहरुलाई व्यवसाय गर्न समस्या भईरहेको गुनासो गरेपनि सम्बन्धीत सबै पक्षलाई संघको कार्यालयमा बोलाएर अन्तरक्रिया गरिएको संघका अध्यक्ष महासेठले जानकारी दिनुभयो ।यसरी व्यवसायीहरुको हितमा अगामी दिनमा समेत यस्ता कार्यक्रमहरु गरिने उहाँले बताउनु भयो । यस्ता कार्यक्रमबाट सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख तथा व्यवासायीहरु बिचको नाकारात्मक बुझाईलाई न्युनिकरण गरी नियमानुसार उद्योग व्यवसाय संचालन गर्ने वातावरणको निर्माण हुने व्यवुसायीहरुले बताएका छन् । सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पुर्वअध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न वस्तुगत संगठनका अध्यक्ष तथा पदाधिकारीहरुको सहित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धी कार्यालयहरुका प्रमुखहरुको सहभागीता रहेको थियो ।

Comment here