समाज

शनिबार थपिए २४०१ जना कोरोना संक्रमित, ३४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।

Comment here