समाजस्वास्थ्य

शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।काठमाडौं उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।१३ लाख ६६ हजारले आजसम्म पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।

साभार : नेपाल प्रेस

Comment here