मनोरंजन

शाहरुख र आलियाको ‘डार्लिङ’लाई नेटफ्लिक्सले ८० करोडमा किन्यो

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले निर्माण गरेको चलचित्र ‘डार्लिङ’को डिजिटल राइट्स ८० करोडमा बिक्री भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सले खरिद गरेको हो ।जसमित रीनले निर्देशन गरेको ‘डार्लिङ’मा शाहरुख खान, आलिया भट्ट, विजय शर्मा, शेफी शाह मुख्य भूमिकामा छन् ।शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा सँगै काम गरेका थिए । चलचित्र ‘डार्लिङ’बाट नै आलियाले निर्माणमा हात हालेकी हुन् ।बलिउडमा पछिल्लो समय चलचित्र सोझै ओटीटीमा रिलिज भइरहेका छन् । जसकारण निर्माताले पनि कुनै तनावविना नै मुनाफा कमाइ रहेका छन् । तर, ठूला बजेटका चलचित्रले भने हलमै रिलिज गरिरहेका छन् ।साभार : अनलाइनखबर

Comment here