समाज

शिक्षालाई जीवन कौशलको रुपमा अगाडि बढाउनुपर्नेमा नगर प्रमुख साहको जोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन । कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी माध्यमका रूपमा स्थापित गरेकोले केही विषयवस्तुहरु इन्टरनेटमा उपलब्ध दृश्यमा आधारित स्रोतहरू प्रयोग गरेर सरल ढंगबाट सजिला ढंगबाट पढाउ आग्रह गरेका छन । उनले शिक्षालाई केवल परीक्षा उत्तीणर् गर्ने माध्यम मात्र नभई जीवन कौशल (लाइफ स्किल) को रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । भूमण्डलीकरणको यो समयमा नागरिकलाई आधारभूत भाषागत जीवन कौशल दिने शिक्षा प्रणाली संस्थागत गर्नु अत्यन्त जरुरी रहेको उनले बताए । उनले भने निश्चित उमेरमा विद्यार्थीहरू भाषागतसहित केही विशेष जीवन कौशल हासिल गर्ने अवसरबाट वञ्चित भए भने पछि त्यो सीप तालिमबाट अपेक्षित रूपमा पूर्ति गर्न गाह्रै हुन्छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, शिक्षा शाखा प्रमुख मेही लाल यादव , अन्जु पाण्डे , जनकपुरधाम उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
शिक्षालाई जीवन कौशलको रुपमा अगाडि बढाउनुपर्नेमा नगर प्रमुख साहको जोड जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन । कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी माध्यमका रूपमा स्थापित गरेकोले केही विषयवस्तुहरु इन्टरनेटमा उपलब्ध दृश्यमा आधारित स्रोतहरू प्रयोग गरेर सरल ढंगबाट सजिला ढंगबाट पढाउ आग्रह गरेका छन । उनले शिक्षालाई केवल परीक्षा उत्तीणर् गर्ने माध्यम मात्र नभई जीवन कौशल (लाइफ स्किल) को रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । भूमण्डलीकरणको यो समयमा नागरिकलाई आधारभूत भाषागत जीवन कौशल दिने शिक्षा प्रणाली संस्थागत गर्नु अत्यन्त जरुरी रहेको उनले बताए । उनले भने निश्चित उमेरमा विद्यार्थीहरू भाषागतसहित केही विशेष जीवन कौशल हासिल गर्ने अवसरबाट वञ्चित भए भने पछि त्यो सीप तालिमबाट अपेक्षित रूपमा पूर्ति गर्न गाह्रै हुन्छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, शिक्षा शाखा प्रमुख मेही लाल यादव , अन्जु पाण्डे , जनकपुरधाम उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

Comment here