काठमाडौं । सामिउल्ला शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले जारी नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनमा सीमित भयो ।विराटनगरको ब्याटिङमा हुसेन टलतले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको इनिङ खेले । गौरान्सु शर्माले ३६ बलमा ३ चौकासहित ३३ रन योगदान गरे । ओपनर कप्तान आन्द्रे मकार्थी १४ रनमा आउट हुँदा प्रदीप ऐरी २६ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।जनकपुरका शिनवारीले ४ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिए । मोहमद आदिल अलाम र असन प्रियन्जनले एक विकेट लिए ।टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार पारेको छ ।जनकपुरका लागि शिनवारीले अविजित ७८ रनको इनिङ खेले । उनले ४० बलमा समान ६ चौका र छक्का प्रहार गरे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।कप्तान ट्रेभोन ग्रिफ्त १९ रनमा आउट हुँदा चादविक वाल्टनले २२ बलमा ३ चौका र १ छक्कासहित २९ रन जोडे । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रन बनाएर पभेलियन फर्किएका थिए ।विराटनगरको बलिङमा हुसेन टलत र सूर्य तामाङले समान दुई विकेट लिए । टलतले ४ ओभरमा ३३ विकेट र सूर्यले १६ रन खर्चिए ।यसअघि चार खेलमा समान दुई जित र हारको नतिजामा निकालेका विराटनगरको ४ अंकसहित चौथो स्थानमा छ । यस्तै, जनकपुरले पाँच मध्य चार खेल जित्दै ८ अंक जोडेको छ । जनकपुर तालिकाको दोस्रो स्थानमा छ ।जनकपुरले अर्को खेलमा विराटनगरले आइतबार लुम्बिनी अलस्टार्ससँग र जनकपुरले काठमाडौं नाइट्सँग खेल्नेछ ।आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अलस्टार्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा ७ खेल खेल्दा दोस्रो जित निकालेको थियो ।साभार : नेपाल प्रेस
शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरले विराटनगरलाई ४९ रनले हरायो
१६ पुष २०७९, शनिबार १६:४७0


सम्बन्धित समाचार
१२ मंसिर २०७८, आईतवार ११:५९0
जाजरकोटमा भएकाे बस दुर्घटनामा ५ जनाको मृत्यु, २७ घाइते
जाजरकाेट । भेरी नगरपालिका १३ कुदुमा आज बिहान भएकाे बस दुर्घटनामा ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २७ जना घाइते भएका छन् ।बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ न
Read More
१५ श्रावण २०७९, आईतवार ११:४६0
भुइँचालोले भोजपुरमा दुई घर भत्कायो
काठमाडौं । भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका -१२ टक्सारमा दुई घर भत्केको छ ।आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर
Read More
१० पुष २०७९, आईतवार ११:४२0
‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेह
Read More
Comment here