समाज

संघका अध्यक्ष महासेठको पहलमा मालबाहक रेल चलाउने छलफल

जनकपुरधाम ११ गते असार | जनकपुरधाम लगायत यस क्षेत्रको व्यापारीहरुको हितमा सक्रिय रहेका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको अगुवाईमा मालबाहक रेल जलाउने विषयमा छलफल भएको छ । विगत केहि महिना देखि जनकपुरधाम जयनगर रेल संचालनमा रहेपनि मालबाहक रेलको आभावमा रेल्वे कम्पनीलाई फाइदा नभईरहेको बेला बालबाहक रेल चलाउदा यस क्ष्नोत्रका व्यापारी तथा आम उपभोक्तालाई समेत फाइदा हुने भएकाले शुक्रबार भारतीय पक्ष संग संघकै सभा कक्षमा त्रिपक्षीय छलफल भएको हो । उक्त छलफलमा सहभागी भारतीय कोंकन रेलवेका उपमहाप्रवन्धक नैयर हुसेनले यस क्षेत्रका व्यापारीहरुले ल्याईरहेको समान आफुहरुले मालबाहकबगी मार्फत ल्याउन तयार रहेको बताउनु भएको थियो । उहाँले रेल्वेको बगीको क्षमता अनुसारको सामानहरु ल्याउन यस क्षेत्रका व्यापारी तयार भए आफुहरु मालबाहकबगी समेत ल्याउन कुनै समस्या नहुने बताउनु भयो । संघका अध्यक्ष महासेठको अध्यक्षतामा भएको उक्त बैठकमा नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले अहिले यात्रुको चाप अनुसार आफुहरुले सेवा दिन नसकेको बताउदै दैनिक ३ पटक रेल्वे संचालन गर्नुपर्ने भएपनि रेल र कर्मचारीको आभावमा रेल्वे संचालन भईरहेको उहाँले बताउनु भयो । भारतमा डिजल रेलको विस्तारै कम प्रयोग भईरहेको तथा हामी कहाअहिले विद्युतीय रेलको सम्भावना नभएकाले तत्काल भारतीय पक्ष संग सहकार्य गरीथप रेल संचालन गर्न सकिने बताउनु भयो । संघका अध्यक्ष जितेन्द्र महासेठले रेल्वेमा मालबाहक बगी थपिए यहाँका व्यापारीहरुलाई भारतको विभिन्न शहर तथा अन्य देशबाट समेत सामान ल्याउन कमलागत हुने भएकाले यसको मगंगाईमा समेत कमि आउने बताउनु भयो । सो छलफलमा बोल्दैसंघका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य निर्मल चौधरीले भारतका विभिन्न स्थानबाट काठमाडौँ सम्म सामान ल्याउने जनकपुरधाम, बर्दिबास , सिन्धुली, धुलिखेलको बाटो नजिकरहेकोले मालबाहक रेल संचालन गर्नु अपरिहार्य रहेको बताउनु भयो । यसरी मालबाहकरेल संचालन हुँदा अहिले संचालनमा रहेको नेपाल रेल्वेलाई पनि फाइदा हुने भएकाले सबै पक्षले यस विषयमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको छ । सो छलफलमा कोंकन रेल्वेका वरिष्ठ मेकेनिकल इंजिनियर भरत भुषण जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साह, उपाध्यक्ष अम्बु प्रसाद साह,महासचिव मनोज साह, सचिव फुलदेव पंडित,कोषाध्यक्ष परमेश्वर साह लगायतका पदाधिकारी तथा कार्यसमिति सदस्य, सल्लाहकार अन्य व्यापारीहरुको सहभागिता रहेको थियो ।

Comment here