समाज

संघीयता र लोकतन्त्रको रक्षाकालागी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह

जनकपुरधाम । नेपालीकाँग्रेसका सह महामन्त्रीएवमपुर्व मन्त्री महेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाकालागी पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदानगर्न आग्रहगर्नु भएको
छ ।
निर्वाचनप्रचार प्रसारको क्रममाधनुषानिर्वाचन क्षेत्र नं.४(१)को मिथिलाबिहारी नगरपालिकाको तारापटट्ीमा नेपालीकाँग्रेस धनुषाले आयोजना गरेको चुनावी सभालाई सम्बोधनगर्दै उहाले यस्तो बताउनु भएको हो ।उहाँले संघीयता र लोकतन्त्रलाई समाप्तगर्ने दाउमाप्रतिगामीशक्तिलागि परेकोले लोकतन्त्रको रक्षाकालागि पनिआम नेपालीजनताले नेपालीकाँग्रेस नेतृत्वको गठबन्धनको पक्षमामतदानगर्ने दावीगर्नु भयो ।
उहाँले नेकपामाओवादीले नेपालीकाँग्रेसलाई या नेपालीकाँग्रेसले नेकपा-मओवादीलाई कसरी भोट हाल्ने विषयमा अन्योलमानपरी पाँचदलीय गठबन्धनका उम्मेदवारलाईआफनै पार्टीको उम्मेदवार बुझेरमतदानगर्न गठबन्धन दलका नेताकार्यकर्ता लाई आग्रहगर्नु भयो । कार्यक्रममा जसपा परित्याग गरी नेपालीकाँग्रेस वाट धनुषानिर्वाचन क्षेत्र नंं. ४(१) वाट प्रदेशसभा सदस्यमाउम्मेदवारी दिएका शेषनारायण यादवले जसपा नेपालले मधेश रमधेशीको अधिकार सुनिश्चितगर्न नसक्ने भएकोले आफु जसपा परित्याग गरी नेपालीकाँग्रेस प्रवेश गरेको बताउनु भयो । उहाँले सत्ताप्राप्तीको लागिजसपा नेपाल जस्तो सुकै मधेश विरोधीकामगर्न पछाडी नपर्ने भन्दै त्यसकै पछिल्लो उदाहरणको रुपमानागरिकता विधेयक प्रमाणिकरण रोकनलगाएको मधेश विरोधीएमाले सँग चुनावीतालमेल गर्नु रहेको बताउनु भयो । उहाँले नेपालीकाँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले लोकतन्त्र र संघियता संस्थागतगर्न सक्ने भएकोले गठबन्धनको उम्मेदवारलाई बिजयीबनाउनआग्रहगर्नु भयो ।
नेपालीकाँग्रेस मिथिलाबिहारी नगर सभापति राजेन्द्र यादवको अध्यक्षतामाभएको सो कार्यक्रममा नेपालीकाँग्रेस धनुषाका सभापति योगेन्द्र पजियार ,धनुषा ४ नम्बर क्षेत्रीय सभापतिकुमरकान्तझा , नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधिधिरेन्द्र मोहनझा , कोमलकान्तझा ,प्रतिष्ठित युवाव्यवसायीअकबर मन्सुर सहितकाले बोल्नु भएको थियो । कार्यक्रममाएमाले परित्याग गरि एक सय भन्दा बढी नेताकार्यकर्ता नेपाली काँग्रेसमाप्रवेश गरेका थिए ।

Comment here