समाज

संत मुरारीबापुको आगमनमा मेयर प्रत्याशी मनोज साहको अगुवाईमा सरसफाई

जनकपुरधाम ।भारतका प्रख्यात संत मुरारी बापू जनकपुरधाम आगमनको तयारी पूरा भइसकेको छ ।
शनिबार जनकपुरधाम आउने भएका हुन् । उनको आगमनलाई मध्यनजर गर्दै जानकी मन्दिर लगायतको क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
जनकपुरधामका मेयर प्रत्याशी मनोज कुमार साहको अगुवाईमा सरसफाई कार्यक्रमको आयोजना गरेका हुन्।
सो कार्यक्रममा जानकी मन्दिरको चारैतिरको प्रागंण सफाई गरिएको छ ।
अतिथि बापूलाई सत्कार गर्न मिथिला संस्कारलाई मुल नाराका साथ सरसफाई गरिएको छ।
कार्यक्रममा स्थानीय युवा,व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संत मुरारी बापूले यहाँ सप्ताह दिन सम्म रामकथा प्रवचन दिने कार्यक्रम रहेको छ । शनिवारदेखि सुरु हुने भएको प्रवचन कार्यक्रम जेष्ठ १५ गते सम्म चल्ने बताइएको छ ।
प्रवचन कार्यक्रमको लागि जनकपुरधामको तिरहुतिया गाछीमा व्यवस्थापन गरिएको छ ।

Comment here