काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले सम्पूर्ण सञ्चार गृहमा याेगदानमा आधारित सामाजिक सुरक्षा याेजना अनिवार्य लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले सञ्चार सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाउँदै सामाजिक सुरक्षा काेषले सञ्चालन गरेकाे उक्त याेजना अनिवार्य लागू गर्न सरकारकाे ध्यानाकर्षण गराएको हो ।आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै संघका अध्यक्ष जन्मदेव जैसी नेतृत्वको टोलीले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । अधिकारपत्रमा श्रमजीवीको पारिश्रमिक प्रत्येक २-२ वर्षमा वृद्धि गर्नुपर्ने भए पनि ३ वर्षदेखि रोकिएको उल्लेख गरिएको छ ।ऐन संशोधन, ऐन कार्यान्वयन गर्न संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए । संघले २०५१ सालमा बनेको श्रमजीवी पत्रकार ऐन परिवर्तित स्थितिअनुसार संशोधन गर्न माग गरेको छ ।श्रमजीवीको पेशागत, भौतिक, सामाजिक एवं अर्थ रक्षाका लागि एक स्वायत्त नियमन निकायको रुपमा ‘पारिश्रमिक निर्धारण तथा नियमन आयोग’ को गठन र प्रस्तावित आयोगको फराकिलो क्षेत्राधिकार निर्धारणसहितको कार्यविधि निर्माण गर्न माग गरिएको उनले बताए ।कथित ठूला मिडियाको विज्ञापनमाथिको एकाधिकार तोड्न स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउने ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री शर्माले संघसँग छलफल गरेर अघि बढ्ने बताएकी छन् । उनले ऐनमा आवश्यक सुझाव दिन पनि आग्रह गरेकी छन् ।साभार : नेपाल प्रेस
सञ्चार गृहमा सामाजिक सुरक्षा योजना अनिवार्य लागू गर्न श्रमजीवी पत्रकार संघको माग
९ फाल्गुन २०७९, मंगलवार १६:३९0


सम्बन्धित समाचार
६ श्रावण २०७८, बुधबार ११:५६0
जननायक बिपी कोइरालाको ३९ औँ स्मृति दिवस आज
विराटनगर । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी (विश्वेश्वरप्रसाद) कोइरालाको ३९ औं स्मृति दिवस आज (बुधबार) परेको छ ।&nbs
Read More
२७ पुष २०७९, बुधबार १२:०६0
मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव
जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने
Read More
१८ मंसिर २०७९, आईतवार १२:४०0
कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने
काठमाडौं । अभिनेत्री कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने भएकी छिन् । यो फिल्म २००५ को क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । चन्द्रमुखी २ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सोस
Read More
Comment here