सडक मर्मतको माग गर्दै सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित हिलाम्म सडकमा स्थानीय युवाले विरोधस्वरुप रोपाइँ गरेका छन् ।वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई सडक मर्मत गर्न पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको भन्दै उनीहरुले सडकमै धानको बिऊ रोपेर विरोध गरेको स्थानीय रामकुमार महतोले जानकारी दिए ।उनका अनुसार करिब ४ सय मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ ।धान रोपेका युवा खगेश्वर यादव भन्छन्, ‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं ।’वर्षायाम सुरु भएसँगै प्रदेश २ का अधिकांश ग्रामीण सडक हिलाम्मे भएर अवरुद्ध छन् ।
सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै रोपाइँ
९ असार २०७८, बुधबार १७:५६0


सम्बन्धित समाचार
१५ मंसिर २०७८, बुधबार ११:५२0
डिसेम्बर १७ देखि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ ।कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पु
Read More
१ कार्तिक २०७९, मंगलवार ०९:४८0
पत्रकार झाले गरे ५ वटा पुस्तकको मैथिली अनुवाद
जनकपुरधाम, पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जा
Read More
२० कार्तिक २०७९, आईतवार २१:०५0
बेटीरोटीको नातामा चिसोपना बढेको भन्दै भारतीय महिला प्रतिनिधीहरु नेपालमा
जनकपुरधाम । नेपाल भारतविच बेटीरोटिको नातामा चिसोपना पसेको भन्दै सीमावर्ती भारत मधुवनी जिल्लाकि महिलाहरुले चिन्ता व्यक्त गरेकि छिन । गाउ विकास मंचको आयोजनामा "जानकी जन संम्वाद" कार्यक्रम लिएर सितामढीक
Read More
Comment here