समाज

सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सकस: देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बुधबार बिहान भेटवार्तामा भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको बुझिएकाे छ। । ओली प्रधानमन्त्रीबाट हटेपछि बालुवाटर पुगेकाे याे दाेस्राे पटक हाे ।प्रचण्ड र माधव नेपालबीचकाे साँठगाँठले निर्वाचनमा कांग्रेसलाई धाेका हुन सक्ने भन्दै ओलीले त्यसप्रति सजक रहन देउवालाई भनेकाे स्राेतकाे दावी छ । सत्ता गठबन्धनले चुनावी तालमेल गर्दा एमालेलाई अप्ठयाराे पर्न सक्ने हुँदा ओलीले गठबन्धन टुटाउन धेरै नै प्रयास गरिरहेकाे गठबन्धनका एक नेताले बताए । ओलीले सार्वजनिक रूपमा नै प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरूकाे कटाक्ष गर्दै अाएका छन् । साभार : स्पेसखबर


Comment here