काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।ईस्वी संवत् २०२३ को उपलक्ष्यमा जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन् ।सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेको बताए ।‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ’, उनको सन्देशमा भनिएको छ ।समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका हुन् ।‘व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु’, उनले जारी गरेको सन्देशमा भनिएको छ । समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उनको रहेको छ ।साभार : नेपाल प्रेस
सन् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने ओलीको विश्वास
१७ पुष २०७९, आईतवार १२:३१0


सम्बन्धित समाचार
१४ मंसिर २०७९, बुधबार १२:१०0
जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह
जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहि
Read More
१५ पुष २०७९, शुक्रबार १२:०३0
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा स
Read More
१७ असार २०७८, बिहीबार १६:४९0
कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो
हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । कमला नदीको पुल निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।
नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो
Read More
Comment here