धनुषा । जानकी महिला जागरन समाजद्वारा आयोजित बाल यौन दुराचारका विरुद्धमा अन्तरपुस्ता पैरवी संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले बाल यौनको बिसयमा थुप्रै कानूनहरू निर्माण भएपनि व्यवहारमा लागू न भएको कारण नै यस्ता घटनाहरु समाजमा बढेको बताउनु भयो । जनकपुरमा आयोजित प्रदेश स्तरीय संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले बाल यौन संरक्षण संवर्धन गर्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न गराउन लाग्नु पर्ने बताउनु भयो । उनले घर परिवारमा समेत बाल बालिका प्रति गंभीर हुन आग्रह गरे । घर बाट बालबालिका बाहिर जांदा हामीले ध्यान दिनु पर्ने अभिभावकलाइ शूझाव दिदै मिश्रले भने, ‘हामीले बालबालिका बाहिर जांदा शोध खोज गरेका छौ त ‘ जानकी महिला जागरण समाजका अध्यक्ष मन्दाकिनी कर्णको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सभा सदश्य दिपेन्द्र ठाकुर र राम अशीष यादवले बाल बालिकाहरूलाइ पढ़ाई मात्र होइन सचेतना समेत दिनु पर्ने तर्क गरे । ठाकुरले भने , ‘हामी जे पनि किताब बाट पढ़ाई गरेर हुन सक्दैन , व्यवहारका कुराहरुमा खुलेर बोल्नु पर्छ परिवारमा बालबालिका संग ।’ प्रदेश सभा सदश्य रामअशीषले भने छोरीलाइ चन्द्रमा होइन सूर्य झै बनाउनु पर्छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केंद्रीय सदश्य रिंकु मिश्रले ‘अहिले पनि हाम्रो समाज नै यस बिसयमा मुख्य दोषी रहेको आरोप लगाईन । उनले बाल यौन दुराचारको घटना अहिले पनि घर परिवारमैं बढ़ी हुने गरेको तर त्यसलाइ ढाकछोप गरिन्छ । उनले बालबालिका वा महिला छोटो कपड़ा लगाउने बित्तिकै हेर्ने नजरिया नै परिवर्तन गरेर समाजले छोरीमाथि अत्याचार गर्ने गरेको आक्रोश पोखिन । कार्यक्रममा नीति आयोजका उपाध्यक्ष2 प्राध्याक /डॉक्टर भोगेन्द्र झा लगायत दर्जन बढ़ी वक्ताहरु आआफ्नो मंतव्य व्यक्त गरेका थिए ।
सबैले आ-आफ्नो भूमिका ईमानदारी साथ निर्वाह गरे बाल यौन दुराचारका घटनामा कमी आउछ : प्रदेश प्रमुख मिश्र
१८ फाल्गुन २०७९, बिहीबार १८:१४0


सम्बन्धित समाचार
१३ भाद्र २०७८, आईतवार १२:०८0
काबुल विमानस्थलमा अर्को पनि आक्रमण हुनसक्ने अमेरिकाको आशङ्का
एजेन्सी । अमेरिकाले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को पनि आक्रमण हुनसक्ने आशङ्का गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको सम्भावना उच्च रहेको बताएको बिबिसीले जनाएको
Read More
४ मंसिर २०७९, आईतवार १२:१८0
काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ।आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ। उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट
Read More
१० पुष २०७८, शनिबार ११:३०0
जिल्ला खाद्य अधिकार सञ्जाल धनुषा गठन
जनकपुरधाम । कोही पनि भोकै नरहुन भन्ने सिद्धान्तलाई व्यवहारमा लागु गर्न शुक्रबार जनकपुरधाममा जिल्ला खाद्य अधिकार सञ्जाल गठन गरिएको छ ।खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था फियान नेपालको आयोजना
Read More
Comment here