काठमाडौं । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् ।अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान बन्द गर्न परेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।उडान बन्द भएसँगै हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् । सर्भर विग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सका विमानको उडान बन्द भएको हो ।उडान बन्द भएसँगै तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने प्रबल सम्भावना देखिएको छ । ठाकुरका अनुसार अध्यागमनको सर्भरमा बेला-बेलामा यस किसिमको समस्या दोहोरिने गरेको छ ।यस विषयमा पटक पटक गृह मन्त्रालय र अध्यागमन विभागलाई तोकेता गरेपनि समस्याको समाधान नभएको उनको भनाई छ ।अध्यागमन विभागको समस्याग्रस्त सर्भर गृह मन्त्रालय मातहतमा रहेको छ । उडान बन्द भएसँगै हाल विमानस्थलमा यात्रुहरूले अध्यागमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।साभार : नेपाल प्रेस
सबै सरकारी वेबसाइटको सर्भर डाउन, उडान प्रभावित हुँदा यात्रुहरूको नाराबाजी
१४ माघ २०७९, शनिबार १६:२३0


सम्बन्धित समाचार
५ पुष २०७९, मंगलवार १२:१०0
मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
जनकपुरधाम। सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन।यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय ग
Read More
८ फाल्गुन २०७८, आईतवार १२:५६0
नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा
काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् ।नन्दिता दासको निर्देशनमा बन्ने नयाँ च
Read More
६ असार २०७९, सोमबार १२:१६0
प्रधानमन्त्री बन्न योग्य छु, यसपालि प्रयास गर्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले संकेत गरे ।कान्तिपुर टेलिभिजनको एउटा
Read More
Comment here