समाज

सम्सी गाउँपालिकाको एम्बुलेन्समाथि १ वर्ष रजाइँ गरेपछि बल्ल फिर्ता गरिन् सांसदले

जनकपुरधाम । सम्सी गाउँपालिकाका लागि भारतीय दूतावासले दिएको एम्बुलेन्स प्रदेश सभा सदस्यले रजाइँ गरेको एक वर्पपछि फिर्ता गरेकी छन् । प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता गरेकी हुन् । महोत्तरी सम्सी गाउँपालिकाको एम्बुलेन्स उनले १ वर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन्। चैतर्फी आलोचना भएपछि उनले बल्ल पालिकालाई एम्बुलेन्स फिर्ता गरेकी हुन् । सांसद यादवले भारत सरकारद्वारा उपलब्ध गराइएको ना२च २५८ नम्बरको एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा केही समय पूर्व बुझाएकी हुन् । सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीका लागि भारतीय दूतावासले एम्बुलेन्स दिएको थियो । भारतीय दूतावासबाट सम्सी गाउँपालिकाले अधिकार प्रत्यायोजन गरेर ल्याउनू भनी सांसद डा यादवलाई गत वर्ष २०२० मे ६ मा चिठी दिएको आधारमा उनले त्यो एम्बुलेन्स बुझेर ल्याए पनि पालिकालाई जिम्मा लगाएकी थिइनन् । उक्त एम्बुलेन्स गाउँपालिकाले हस्तान्तरण गर्न पटक-पटक तोकेता गरे पनि सांसद यादवले बेवास्ता गर्दै आएकी थिइन् । कोरोना महामारीको दोश्रो चरणको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पालिकाले तयार गरेको कोरोना विशेष अस्पताल संचालन एम्बुलेन्सको खोजी भएको थियो । सांसदले यादवले एम्बुलेन्स नबुझाएको वास्तविकता सार्वजनिक भएपछि सञ्चारमाध्यममा छापिएका थिए । समाचार प्रकाशनको केही घण्टामै उनले एम्बुलेन्स जिम्मा लगाएकी हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीको नियमित बैठकबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि कोभिडका बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निणर्य गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको खबर खुलासा भएको गाउंपालिकाले जनाएको छ । गाउंपालिकाले उक्त एम्बुलेन्सका लागि लिखित रुपमा पटक पटक जानकारी गराए पनि प्रदेश सांसदले अटेर गर्दै आएको थियो ।

Comment here