समाज

सर्वोच्चद्वारा आलमको निवेदन ‘हेर्न नमिल्ने’मा

काठमाडौं । पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमको निवेदन हेर्न नमिल्नेमा राखिएको छ ।सर्वोच्च  अदालतले शुक्रबार  सुनुवाई हुन नसकेको जनाउदै हेर्न  नमिल्नेमा राखेको जनाएको छ ।२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् ।उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

यसअघि उनलाई रौतहट जिल्ला अदालतले थुन्न आदेश दिएको थियो ।उक्त आदेशलाई उच्च अदालतले सदर मानेको थियो । सो आदेका बिरुद्धमा उनी सर्वोच्चमा पुगेका हुन् ।उनले दिएको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा पुगेको छ ।साभार : न्युज २४

Comment here