सप्तरी, फागुन १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा १८च ६६१७ नं को स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।साभार : गोरखापत्र
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
१६ फाल्गुन २०७९, मंगलवार १२:३५0


सम्बन्धित समाचार
३० फाल्गुन २०७८, सोमबार १२:०३0
‘मेरो लागि बजेट ठूलो हो, एउटा फिल्मलाई ५० दिनभन्दा बढी समय दिन सकिँदैन ’
मुम्बई । बलिउडका सबैभन्दा व्यस्त र सफल अभिनेता हुन्, अक्षय कुमार । अक्षयले हरेक वर्ष धेरै फिल्ममा काम गर्छन् र उनका अधिकांश फिल्म हिट भएका छन् ।अक्षयले हालै एक अन्तर्वार्तामा आफ्नालागि बजेट सबैभन्दा
Read More
१३ पुष २०७९, बुधबार १२:०४0
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजव
Read More
१८ फाल्गुन २०७९, बिहीबार १७:१७0
नेपाल भारत मैत्री युवा संघ धनुषाद्वारा वृक्षारोपण कार्यक्रम
जनकपुरधाम । नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ पिडारि चौक स्थित बागवानी अगाडी बृक्षारोपण कार्यक्रम संघका जिल्ला अध्यक
Read More
Comment here