ढल्केबर ।स्थानीय जनप्रतिनिधिबीच विवादका कारण धनुषाका नगराइन र कमला नगरपालिकामा रोकिएको नगर सभा सम्पन्न भएको छ। जनप्रतिनिधिबीच सहमति भएपछि नगर सभा सम्पन्न भएको बताइएको छ। कमला नगरपालिकामा बुधबार नगरप्रमुख विश्वेश्वरप्रसाद यादवको प्रमुख आतिथ्यमा छैटौँ नगर सभा भएको छ। सम्पन्न नगर सभाबाट ५५ करोड ४५ लाख ४१ हजार ७७४ रुपियाँको बजेट सर्वसम्मतिले पारित गरिएको छ। बजेट बाँडफाँटको विषयलाई लिएर जनप्रतिनिधिबीच विवाद थियो। विवाद मिलेपछि नगर सभा सम्पन्न भएको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले बताउनुभयो। नगर सभा नहुँदा कर्मचारीको तलबभत्ता, विकास निर्माणलगायत नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा ठप्प थियो। नगर सभा सम्पन्नसँगै अब सबै कार्य गर्ने ढोका खुलेको छ। फागुन पहिलो सातादेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता र विकास निर्माणको कार्यलाई गति दिने उहाँले जानकारी दिनुभयो। नगर सभा नहुँदा साउन महिनादेखि तलब भत्ता नपाएका शिक्षक तथा कर्मचारीले पटकपटक आन्दोलित बनेका थिए। यस्तै नगराइन नगरपालिकामा कार्यविधि संशोधनको विषयलाई लिएर जनप्रतिनिधिबीच विवाद थियो। विवाद मिलेपछि गत बुधबार नगर सभा भएको छ। नगर सभाले ७८ करोड २९ लाख ७८ हजार रुपियाँ बजेट सर्वसम्मतिबाट पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनुभयो। यहाँ साउनदेखि नगर सभा रोकिएसँगै कर्मचारीले तलब भत्ता पाएका थिएनन्। शिक्षक तथा कर्मचारीले तलब भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। कर्मचारी आन्दोलनका कारण करिब डेढ महिनासम्म कार्यालय, विद्यालय, स्वास्थ्य, कृषिलगायत नगरपालिकाको कार्यालयबाट हुने सबै सेवा ठप्प थियो। नगर सभा भएपछि तलब भत्ता पाउने आस पलाएको छ। कार्यालय तथा शिक्षण संस्था नियमित भएका छन्। प्रमुख प्रशासकीय अधिकृत कर्णले कर्मचारीको तलब भत्ता छिट्टै उपलब्ध गराउने बताउनुभयो। उहाँले नगर सभा सम्पन्न भएको विवरण कम्प्युटरमा प्रविष्ट तथा कोलेनिकाको काम भइरहेकाले यो काम सकिनेबित्तिकै सबै कर्मचारीले तलब पाउने र विकास निर्माणको काममा जोड दिने जानकारी दिनुभयो। साभार : गोरखापत्र
सहमतिपछि नगर सभा
२७ माघ २०७९, शुक्रबार ११:५०0


सम्बन्धित समाचार
१३ मंसिर २०७८, सोमबार १२:३०0
जनकपुरधाममा झुण्डिएको अवस्थामा एक युवा फेला
जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परे
Read More
१८ आश्विन २०७८, सोमबार १२:०६0
जनकपुर बमकाण्डः जिल्लाको फैसला उच्च अदालतले उल्ट्यायो, ‘टकला’लाई राहत
जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बमकाण्डमा पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई राहत मिलेको छ । ९ वर्ष अगाडिको बम काण्डमा साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर आइतबार अबेर
Read More
२९ असार २०७८, मंगलवार ११:४७0
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थ
Read More
Comment here