काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई जनताले मन पराउने काम र व्यवहारमात्र गर्न निर्देशन दिएका छन् ।सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दलका नेता ओलीले संसदमा प्रस्तुत हुँदा उद्दण्ड र रिसाहा भएर होइन तर्क तथा तथ्यसहित बोल्न निर्देशन दिए ।ओलीले भने–म सांसद भएँ भन्दैमा के के न भयो भन्ने नठान्नू । जनताले मन नपराउने आनीबानी छ भने आजैबाट छाड्नुस । सफल हुने तरिका त्यो हो । जनताले मन पराउँने काम गर्नुस् र नराम्रो बानी व्यवहार छाड्नुस् ।सांसदहरुलाई विषयगत अध्ययन गर्न सुझाव दिँदै जसलाई जुन विषयमा रुची र अध्ययन छ सोही अनुसार संसदीय समितिमा राखिने ओलीले बताए । उनले एमालेका सांसदहरुले अंग्रेजीमा पनि राम्रो दख्खल राख्नुपर्ने बताए ।संसदमा गालीगलौज र उद्दण्डता देखाउन नहुने भन्दै विगतमा कांग्रेसका एकजना सांसदले आफू प्रधानमत्री भएको बेला गोली हानेर मार्ने मान्छे कोही नभेटिए आफैं नाथुराम गाड्से बन्छु भनेको स्मरण गराए ।कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तम वैद्यले संसद बैठकमा केपी ओलीलाई मार्न आफू गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । ओलीले कांग्रेसको लोकतन्त्र नै गोड्सेबाट गाइडेट रहेको आरोप लगाए ।साभार : नेपाल प्रेस
सांसदहरुलाई ओलीको निर्देशन–जनताले मन नपराउने आनीबानी छ भने आजैदेखि त्याग्नू
२३ पुष २०७९, शनिबार १७:१८0


सम्बन्धित समाचार
२५ फाल्गुन २०७८, बुधबार १७:२८0
नेपाल भारत खुला सीमा सम्वाद समुहद्वारा सरकारलाई ध्यानाकर्षण
जनकपुरधाम । नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल सरकारले गरेको अलोकतान्त्रिक र अव्यवहारिक निर्णय खारेज गर्न माग गरेको छ । समुहले बुधबार एक विज्ञप्ति जारि गरि सरकारलाई ध्यानाकर्षण गराएको छ । समुहक
Read More
१९ चैत्र २०७८, शनिबार १४:२९0
धनुषाको औरहीमा अध्यक्ष पदका आकाँक्षी बढदै, अन्तिम तीन जनाबीच टिकट हत्याउने रस्साकस्सी
जनकपुरधाम ।आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन अन्र्तगत धनुषाजिल्लाको औरही गाँउपालिकामा अध्यक्षपदकालागि नेपालीकाँग्रेसबाट आठजना आकाँक्षी देखिएका छन ।गाँउपालिकाको अध्यक्षपदकालागि देखिएकाआकाँक
Read More
५ कार्तिक २०७८, शुक्रबार १२:०८0
ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि
ललितपुर । गोदावरी नगरपालिकाले त्यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागे
Read More
Comment here