काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् ।आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।साभार : नेपाल प्रेस
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन
४ फाल्गुन २०७९, बिहीबार ११:५५0


सम्बन्धित समाचार
९ चैत्र २०७८, बुधबार १२:२३0
कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल
लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुख
Read More
२९ कार्तिक २०७९, मंगलवार १२:०८0
सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन
वीरगञ्ज। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेक
Read More
७ असार २०७९, मंगलवार १२:२२0
धर्मेन्द्र झा राष्ट्रिय समाचार समितिको अध्यक्षमा नियुक्त
जनकपुरधाम । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअ
Read More
Comment here