समाज

सातै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । सातै प्रदेशमा एक हजार दरले अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोनाको तेस्रो लहरको आउने खतरा बढेपछि मन्त्रालयले सातै प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई एक हजार दरले भरी अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिइएको हो । जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञा हुँदाहुँदै पनि कोरोना भाइरसको सङ्क्रमण दरमा कमी आएको देखिँदैन ।  विगतका दिनहरू जस्तै नेपालमा सङ्क्रमणको दर तीव्र रूपमा बढ्न गई सङ्क्रमणको तेस्रो लहर आउनसक्ने मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । त्यसैले, प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिइएको हो ।

साथै भएका सिलिन्डर खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सनट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

साभार : कासी अनलाइन

Comment here