समाज

सामाजिक विकास र अनुसन्धान केन्द्रको साधारण सभा सम्पन्न


जनकपुरधत्राम ३ गते भदौँ । समाज रुपान्तरणका लागि सक्रिय रहेका सामाजिक विकास तथा अनुसन्धान केन्द्र नामक गैर सरकारी संस्थाको साधारण सभा शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष मञ्जु कुमारी यादवको अध्यक्षतामा भएको अध्यक्षता तथा एनजीओ फेडेरेसनका अध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यमा भएको सो साधारण सभामा गतआर्थिक बर्ष २०७८÷७९ को कार्यक्रमको प्रगतितथाआउदो आर्थिक बर्ष २०७९÷८० को कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
सामाजिक बिकास र अनुसन्धान केन्द्रका सचिव सोन्फि साहले स्वागत मन्तव्यबाट सुरु गर्नुभएको साधारण सभामा संस्थाका अध्यक्ष मञ्जु कुमारी यादवले आर्थिक बर्ष २०७८÷७९ को आय–व्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष सरिता झाले अगामी आर्थिक बर्ष २०७९÷८० को आर्थिक जानकारी प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख आतिथी गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रिय सदस्य रामचन्द्र साहले यस संस्थाले विगत तीन दसक देखि देशको बिकासमा योगदानगर्दै आइरहेको बताउनु भयो । साधारण सभामा प्लान इन्टरनेशनल नेपाल, जनकपुरका प्रतिनिध बैशाली ठाकुरले उक्त संस्था सँग विगत मार्च महिना देखि कामगर्दै आइरहेको बताउदै संस्थाले धेरै राम्रो काम गरिरहेको बताउनु भयो । सभामा बोल्दै एनजीओ फेडेरेसनका प्रदेश सदस्य पिंकी साहले संस्थाले आफ्नो कार्यक्षेत्र बढाओस भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको समापनमा अध्यक्ष यादवले पृष्ठपोषणबाट आएक जानकारीहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।शुक्रबार संस्थाको ३१ औँ साधारण सभा सफलताका साथ सम्पन्न भएको सामाजिकबिकास र अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक सुकदेब ठाकुरले जानकारी गराउनु भयो । साधारण सभामा एनजीओ फेडेरेसनकी पिंकी साह , प्लान इन्टरनेशनलकी बैशालीठाकुर, सामाजिकबिकास र अनुसन्धान केन्द्रका सचिब सोन्फि साह , कोषाध्यक्ष सरिता झा, सदस्यहरु रामबाबु साह, सुनिता यादव लगायतका सहभागिता रहेको थियो ।

Comment here