जनकपुरधाम २४ गते फागुन । मित्र धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषाको हाता भित्र संचालनमा रहेको आप्रवाशी स्रोत केन्द्र तथा जनकपुरधाम २५ बभनगामामा बितिय साक्षरता तथा मनोपरामर्श कक्षाको अनुगमन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा आर्थिक प्रशासन वित व्यवस्थापन महाशाखाका प्रमुख नन्दकुमार झाले अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आप्रवासी स्रोत केन्द्रका सेवा प्रभावकारी रहेको देखिएको थियो । केन्द्रका मुख्य कामहरु सूचनामा पहुँच, सीपमा पहूच,न्यायमा पहूँच लगायतका सेवाहरु रहेका छन् । राहदानी बनाउन आउने सबै सेवाग्रहीलाई केन्द्रबाट अनिवार्य परामर्श दिने तथा एक महिने निशुल्क सीप तालिम प्रदान गरिरहेको छ । त्यस्तै बभनगामामा संचालनमा रहेको वितिय साक्षरता तथा मनो सामाजिक परामर्श कक्षाको अनुगमन गर्दै सुझाब दिइएको थियो । नगरप्रुमख साहलेआप्रवासी कामदारका परिवारलाई बिप्रेषणको उचित प्रयोग, बचत गर्ने वानीको विकास गर्दै आर्थिकरुपमासबलबन्न यो कक्षा महत्वपुर्ण रहेको बताउनु भयो । कक्षामा बिप्रेषण प्राप्त गरिरहेका २५ जना आप्रवासी परिवारका महिलाहरुको साथै परियोजनाको सहयोगमा बैदेशिक रोजगारीको लागि ऋणमा पहूँच भएको ३ जना,स्ीप तालिम गरेर रोजगारमा रहेका एक जना युवा,, न्याय पाएका २जना सहित ४५ जनाको उपस्थिती रहेको परियोजनाका कर्मचारी बसन्त कर्णले जानकारी दिनुभयो । अनुगमन कार्यक्रमलाई परियोजना संयोजक अनिरुद्ध मुखियाले सहजिकरण गर्नुभएको थियो । अनुगमनमा सामाजिक परिचालक श्वेता कुमारी, वितिय सहजकर्ता शंकर सहनी, मनोसामाजिक परामर्शकर्ता सरिता यादव, क्षेत्रीय संयोजक विशाल कर्ण,मित्र धनुषाका कोषाध्यक्ष मञ्जु ठाकुर सहितको उपस्थिती रहेको थियो ।


Comment here