जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ११ ईनर्वा गाँउ निवासी राम एकवाल साह, राम भरत साह र बिजय शंकर साहले बुवा राम सागर साहको नाउँमा सगोलमा रहेको ५ कट्ठा जग्गा, राम देव साहले १ कट्ठा १८ धुर र श्याम किशोर साहले ५ कट्ठा जग्गा सोही गाउँमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय लाई +२ मा स्तरोन्नति गर्न दान दिएका छन। उक्त विद्यालयको नाउँ परिवर्तन गरी केश्वर साह गेनिया देवी राष्ट्रिय प्राथमिक विद्यालय+ २ हुने सर्वसम्मत निर्णय भएको छ। दान गरिएको जग्गाको मध्यमा रहेको साह परिवारको लगभग १ बिगहामा रहेको पोखरी समेत विद्यालय लाई दान गरिएको छ। केश्वर साह र गेनिया देवीको तीन पुत्र राम रतन साह, राम सागर साह र राम शोभित साहको सगोलमा रहेको सो पोखरीको सौन्दर्यीकरण गरी उत्तर डील केश्वर साह- गेनिया देवी, पूर्वी डील राम रतन साह र रमिया देवी पश्चिमी डील राम सागर साह र शारदा देवी र दक्षिणी डील राम शोभित साह र सुगनी देवी घाट नामाकरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ। आज मिति २०७९ साल,माघ महिनाको ८ गतेका दिन जनता राष्ट्रिय प्रार्थमिक विद्यालय, ईनरवाको प्राङ्गणमा भएको सर्वपक्षीय बैसारमा सबैला नगरपालिकाका मेयर कारिराम यादव, उपमेयर श्रीमती रहिमा खातुन, सोही नपाका वडा नम्बर ९ का वडाध्यक्ष मनिष राय, नेपाल वार एशोशिएशनका पूर्व अध्यक्ष अधिवक्ता रामनेक साह, वडा नम्बर ११ का पूर्व वडाध्यक्ष विशेश्वर यादव, उतिम यादव, दुलाचन्द यादव, समसुल शेष लगायत गाउँका भद्रभलादमी, शिक्षक, कर्मचारी, ब्यापारी, किसान मजदुर लगायत सो अवसरमा सयौं गाउँवासीको उपस्थिति रहेको थियोे। Educational hub को रूपमा निर्वाण गर्ने सोच लिएका वडाध्यक्ष सरोज यादवले वर्तमानमा सो कार्यका लागि वडाले आफ्नो बजेटबाट रू ४४ लाख र नपाले रू ६० लाख गरी रू १ करोड ४ लाख छुट्टयाएको ११ का वडाध्यक्ष सरोज यादवले जनाएको छ।उक्त स्कूलको स्थापना २०३२ सालमा सोही साह परिवार द्वार उपलब्ध गराईएको डेढ बिगहा जग्गाबाट भएको थियो।
साह परिवार द्वारा विद्यालयलाई जग्गा दान
९ माघ २०७९, सोमबार १४:०१0


सम्बन्धित समाचार
३ पुष २०७९, आईतवार १६:०२0
मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णव पक्राउ
जनकपुरधाम । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्
Read More
४ मंसिर २०७९, आईतवार १२:३०0
मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित
मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । मतदान स्थलमा लाइनमा बसेर मतद
Read More
१० आश्विन २०७८, आईतवार १४:३२0
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान तीव्र
जनकपुरधाम। विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ। युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण गराउन आवश्क पर्ने म
Read More
Comment here