काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटबारे टुंगो लगाउन सकेका छैनन् ।नेपाली कांग्रेसका नेता कृष्ण सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेको छैन् । भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् । सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूसहित कार्यदलका सदस्यको उपस्थिति रहेको छ ।कार्यदल संयोजक सिटौला भने कोरोना संक्रमित भएकाले उपस्थित छैनन् । गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो । साभार : कोसी अनलाइन


Comment here