समाज

सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति खराब बाटोमा : हृदयेश त्रिपाठी

काठमाडौं । नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन्। विराटनगरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको राजनीति सही मार्गतर्फ उन्मुख नभएको बताए।अहिले सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको उनले भनाइ थियो।सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै उनले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पारे।उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाले गरिरहेकोले किसानले उचित मूल्य नपाएको चर्चा गर्दै उनले ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गरे। कृषिमा भएको लगानीले सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै अध्यक्ष त्रिपाठीले भने, ‘धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य हो।’किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै उनले भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै अहिलेको मूल उद्देश्य हुनुपर्ने कुरामा जोड दिए। कोरोनाको चुनौतीले मुलुकमा अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलङ्काको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। अनुदान र ऋण लिने देश नेपालमा एमसिसी परियोजना आउनु सुखद पक्ष भन्दै उनले आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने आफ्नो सफलता हुने बताए। आसन्न स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो।साभार : नेपाल लाइव

Comment here