समाज

सिरहामा स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ

सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय दिलीपकुमार साह रहेाक छन् ।उनलाई सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान–१ मटियर्वाबाट पक्राउ गरेकाे हाे ।विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरी टाेलीले उनकाे साथबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नौ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको  छ । प्रहरीले नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ ।प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् । भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।साभार : नेपाल प्रेस

Comment here