समाज

सिरहा गोलबजारको एउटा पसलमा अज्ञात समूहद्वारा आगजनी

जनकपुरधाम । सिरहाको गोलबजारमा अज्ञात समुहले एक किराना पसलमा आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।गोलबजार नगरपालिका ६ स्थित पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा मध्यरातमा अज्ञात समुहले आगो लगाएका हुन् । आगलागीबाट पसलमा रहेका रिचार्ज कार्ड, चाउचाउ, दालमोठ, मैदाको बोरा, गुटखा, चिनी र दाललगायतका समानहरु जलेर नष्ट भएको छ ।पसलका संचालक सुनिता कुमारी साहले विहान पसल खोल्न पुगेपछि मात्र आगलगीबाट पसल जलेको थाहा पाएकी छन् । उनका अनुसार पसलमा लगाइएको ताला तोडिएको देखें । त्यसैले अज्ञात समुहले आगो लगाएको अनुमान छ ।पसल जलेपछि करिब २० लाख बराबरको क्षति भएको अनुमान छ । ईलाका प्रहरी कार्यालय गोलबजारले क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।साभार : नेपाल प्रेस

Comment here