इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले टस जितेर ब्याटिङ गर्दै सिजनको सबैभन्दा न्यून ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा बैंग्लुरुले १३.३ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । बैंग्लुरुका लागि देवदत्त पडिक्कलले २५, एरोन फिन्चले १६, गुरकीरत सिंहले २१ तथा विराट कोहलीले १८ रनको योगदान दिए ।
यसअघि, कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । यो सिजन कै सबैभन्दा कम स्कोर हो । आईपीएलको इतिहासमा भने बैंग्लुरुले सबैभन्दा न्यून स्कोर बनाएको छ । उसले सन् २०१७ मा कोलकाताविरुद्ध ४९ रन बनाएको थियो ।
Comment here