जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।यहाँको अध्यक्षमा जनमतका खेमचन्द्र यादव विजयी भएका छन् । उनले २ हजार ९९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादव पूर्वमाओवादी हुन् ।उनका निकटम प्रतिस्पर्धी नविन कुमार झा २ हजार २५७ मतमा समेटिए ।माओवादी अध्यक्षका उम्मेदवार पविता कुमारी यादवले मात्र २८८ मत ल्याइन् ।यस्तै उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा देवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।साभार : नेपाल प्रेस


Comment here