सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माण पूरा भई हस्तान्तरणसमेत भएको हो। बसपार्क निर्माणको काम सकिएपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गर्नुभएको छ। राम कविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार कनकाई इन्टरनेसनल बिल्डर्स सुरुङ्गा, झापाले आठ करोड ३१ लाख रुपियाँ लागतमा बसपार्क निर्माणको काम पूरा गरेको हो। बसपार्कमा अढाइतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कसप क्षेत्र, पार्किङलगायतका सुविधा रहेको निर्माण कम्पनीले जनाएको छ। नवनिर्मित बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ गर्न सकिन्छ। नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बसपार्क निर्माणले नगरलाई व्यवस्थित बनाउन टेवा पुगेको बताउनुभयो। यसले नगरको विकासमा समेत मद्दत पुगेको नगरप्रमुख यादवको भनाइ छ। साभार : गोरखापत्र
सुविधा सम्पन्न बसपार्क निर्माण
८ माघ २०७९, आईतवार ११:३४0


सम्बन्धित समाचार
१ कार्तिक २०७८, सोमबार १२:१६0
आजको मौसम : हिमाली क्षेत्रमा हिमपात,अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । सोमबार (आज) देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए
Read More
११ पुष २०७९, सोमबार १९:४४0
महोत्तरीका दुई पालिकाका विपन्न समुदायलाई न्यायो कपडा वितरण
जनकपुरधाम ११ गते पुस । महोत्तरी जिल्लाका दुई पालिकाका एक हजार दुई सय जना विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वल्र्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनाम
Read More
२३ कार्तिक २०७८, मंगलवार १२:२३0
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
विराटनगर । छठ पर्वको दोस्रो दिन आज (मङ्गलबार) ‘खरना’ गरिँदै छ । आजको दिन व्रत बसेर साँझ नैवेद्य चढाएर सक्खर हाली बनाइएको खिर, मुला केराको पातमा खाइ ‘खरना’ मनाइन्छ । विशेषगरी तराई मधेसमा मनाइने छठ पर्
Read More
Comment here