समाज

सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोना महामारी नियन्त्रणका लागी सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कोभिड-१९ को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले सो को पूर्व तयारीका सामग्रीहरु हस्तान्तरण गरेका छन ।

हस्तान्तरित सामग्रीहरुमा हस्पिटल बेड, डेडबडी व्याग, अक्सिजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड, सेनिटाइजर लगायतका सामग्रीहरु रहेका छन ।

Comment here