समाज

सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाको विजय

महोत्तरी । जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।अध्यक्षमा लोसपाका  विशेश्वरप्रसाद यादव ४ हजार १ सय ८ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोखुल यादवले ३ हजार २ सय ४३ मत पाए ।यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३ हजार २ सय ९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३ हजार २ सय ४३ मत पाइन् ।

Comment here