समाज

सोनाम ल्होसारमा भाेलि सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएका छन् । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।साभार : स्पेस खबर

Comment here