समाज

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोगमा पाण्डे पक्राउ

काठमाडौं । किशोरी बलात्कार गरेको आरोपमा सान्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुवरले पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए। उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो। आठ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै एक किशोरीले भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन्।सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणी समेत गरेको आरोप लगाएकी थिइन्। कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी थियो। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा भइरहेको थियो।बलात्कारको घटनामा उजुरी गर्ने समय (हदम्याद) १ वर्ष मात्रै भएको र ८ वर्ष पूरानो घटना भएकाले कानुनी उपचारका लागि बाधक भएको भन्दै सर्वसाधारण हदम्याद हटानउनु पर्ने भन्दै प्रर्दशन समेत गरिहेका छन्। उनीहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका छन्।साभार : नेपाललाइभ

Comment here