समाज

मित्र धनुषाद्वारा उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

जनकुरधामं । मित्र धनुषाले जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आयोजित सो कार्यक्रममा नगर प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह लगायत विभिन्न वडाबाट ४० जनाको सहभागिता रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मित्र धनुषाले सुरक्षित आप्रवासन (सामी) परियोजना संचालन गरिरहेको छ । यस परियोजनाको मुख्य उदेश्य वैदेशिक रोजगारीलाई सुरक्षित, बढी लाभदायक तथा व्यबस्थित गर्नु हो । जस अन्तर्गत ५ वटा मुख्य कामहरु सूचनामा पहँुच, सीपमा पहुँच, न्यायमा पहँुच, मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरताका साथै सामाजिक परिचालन रहेको छ । यस परियोजना अन्तर्गत स्थानीय जनप्रतिनिधी हरुसंगको अन्तरक्रिया तथा स्वागत कार्यकम जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा सम्पन्न गरिएको हो । सो कार्यक्रममा नव निर्वाचित मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, २३, २४, २५ वडाका अध्यक्षहरु तथा सदस्यहरु, वित्तीय साक्षरता कक्षाका सहभागीहरु समेतको ४० जनाको सहभागिता थियो ।
मेयर साहले वैदेशिक रोजगारीमा जानेहरु तथा तिनका परिवारहरुलाई सूचना, सीप तथा ठगिबाट जोगिनको लागि जिल्ला प्रशासन धनुषा भित्र रहेको आप्रवासी श्रोत केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका थिए । कार्यक्रमको संचालन परियोजना संयोजक अनिरुद्ध मुखियाले गरेका थिए ।

Comment here