जनकपुरधाम, २९ माघ । स्थानीय तहमा हुने गरेको बार्षिक योजना तर्जूमा प्रक्रिया समावेशी भए भ्रष्टाचारमा कमि आउने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फ्रि मिडिया नेटवर्क धनुषाको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाको संयोजनमा आइबार जनकपुरधाममा आयोजना गरिएको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लक्षमीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा पत्रकारहरुलाई सहभागीता भए थप प्रभाकारी हुने तर्क राख्नु भएको थियो । विगतमा जे भएपनि अबउ परान्त लक्षमिनियाँ गाउँपालिकामा हुने योजना तर्जुमा पारदर्शी तथा समावेशी हुने उहाँको भनाई थियो । सो अन्तरक्रियामा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सञ्चार क्षेत्रलाई पनि योजना प्रक्रिया समावेशी बनाउनका लागि समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्षता गर्नुभएका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले सहयोग गर्ने बताउनु भयो । उहाँले पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरुको योजना निर्माणलाई सहयोग पुग्ने समेत बताउनु भयो । कार्यक्रममा ‘समावेशी बजेट र सञ्चार क्षेत्रको भूमिका’ विषयमा पिएलजीएसपीका मदन सिंह बागचनले कार्यपत्र प्रस्तुति गरेर सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार बिएम खनाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा,पत्रकार किरण कर्ण, साथ साथ सिकाई संजालका धनुषा प्रमुख रिंकु साह,एकल महिला संजालकी अध्यक्ष सुभद्र आले,माण्डवीकी संझना वर्मा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य मुन्नी दास लगायतकाले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र पत्रकारको भुमिका विषयमा मन्तव्य राख्नु भएको थियो ।
स्थानीय तहको वार्षिक योजना तर्जुमा समावेशी भए भ्रष्टाचारमा कमि आउने
२९ माघ २०७९, आईतवार २१:३५0


सम्बन्धित समाचार
१ चैत्र २०७९, बुधबार १२:१०0
८६ हजार ५ सय २३ विद्यार्थीहरूलाई शैक्षिक किट हस्तान्तरण गरिने
जनकपुरधाम । मधेश प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ ।मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथ
Read More
३१ जेष्ठ २०७८, सोमबार १२:५९0
एसइईको नतिजा साउन दोस्रो साता
असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्
Read More
८ चैत्र २०७९, बुधबार १२:०७0
सत्तागठबन्धनलाई कसैले हल्लाउन सक्दैनः विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस माओवादीसहितको सत्तागठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।सप्तरीको कंचनरूप नगरपालिकामा मंगलबारदेखि सुरु भएको मेयर कप प्रतियोगिताको उद्
Read More
Comment here