काठमाडौँ — क्यानेडियन अभिनेता विलियम स्याटनर अन्तरिक्षमा पुग्ने संसारकै जेष्ठ सदस्य बनेका छन् ।स्टार ट्रेकद्वारा निर्मित विभिन्न चलचित्र तथा सेरिजहरूमा अभिनय गरेका यी ९० वर्षीय ब्लु ओरिजिन स्पेस कम्पनीको सब अर्बाइटल क्याप्सुल मार्फत अन्तरिक्ष पुगेका थिए । उनको टोलीमा ४ जना सदस्य थियो । त्यहाँको स्थानीय बिहान १० बजे उनीहरु पृथ्वीमा सकुशल फर्किएका छन् ।
तौल विहीनताको अनुभव लिनका लागि अन्तरिक्ष यात्रामा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । १ सय किलोमिटर उचाइमा पुगेर उनीहरू फर्किएका थिए । क्याप्सुलको झ्यालबाट उनीहरुले पृथ्वीको वक्रता(कर्भेचर) समेत हेरेका थिए ।स्याटनरसँगै अन्तरिक्षमा जानेहरूमा ब्लु अरोजिन कम्पनीका उप निर्देशक एड्रू पावर्स, अर्थ इमेजिङ स्याटेलाइट कम्पनी प्लानेटका सह-संस्थापक क्रिस बोस्यूजेन र फ्रेन्स हेल्थकेयर सफ्टवेयर कर्पोरेशन डसाल्ट सिस्टमका प्रशासक ग्लेन डि भेरिज थिए ।उनीहरुलाई केही दिनको तालिम दिएर अन्तरिक्ष यात्रामा पठाइएको थियो ।यसअघि गत जुलाई २०मा ८२ वर्षीय वाली फन्कले अन्तरिक्षमा पुग्ने सबैभन्दा जेष्ठ नागरिक भएकी थिइन् । उनको उक्त टोलीमा एमाजोनका संस्थापक जेफ बेजोस पनि सहभागी थिए ।साभार : कान्तिपुर
Comment here