समाज

हर्वाचर्वालाई राहत वितरण गरियो


जनकपुरधाम , असोज ३ गते । सामाजिक विभेदका सिकार भएका सिराहा र सप्तरीका हर्वा चर्वा समुदायलाई आइतबार दलित समाज उत्थान समिति नेपालले राहत वितरण गरेको छ । अन्तराट्रिय श्रम संगठन काठमाण्डौंको सहयोगमा दलित समाज उत्थान समिति नेपाल, जनकपुरधाम द्वारा संचालित मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लाहरुका जबरजस्ती श्रममा परेका पिडितहरुका लागि वकालत र जिविकोपार्जन कार्यक्रमहरुलाई कार्यवन्यन गर्न सहयोग कार्यक्रम अन्तर्गत उक्त राहत वितरण गरिएको समितिका कार्यक्रम सल्लाहकार पुनित चौधरीले जानकारी दिनुभयो । राष्ट्रिय हर्वा चर्वा संजालका सचिव मो. कासिम र जिल्ला हर्वा चर्वा संजालका अध्यक्ष श्याम सुन्दर सदायको उपस्थितिमा सिराहा जिल्लाका लहानमा ९१ जना हर्वा चर्वाहरु तथा सप्तरी जिल्लाका शम्भूनाथ न.पा.को वडा नं.७ का वडा कार्यालयमा ३४ जना हर्वा चर्वाहरुलाई राहत बितरण गरिएको उहाँले जानकारी दिनुभयो । राहत सामग्री प्रति व्यक्ति चावल ३० किला,दाल ४ किलो, चिन्नी २ किलो, नुन २ किलो, खाने तेल २ लिटर, नुहाउने साबुन ४, सेनिटाईजर २०० एम.एल. र मास्क १ पैकेट रहेको थियो ।

Comment here