काठमाडौँ ।बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन् । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १२ वटा विमानस्थलमा मात्र इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान भएको छ भने बाँकी २५ वटा विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ । यी २५ वटै विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।भिएफआर सिस्टममा तीन हजारदेखि पाँच हजार मिटर दूरीको भिजिबिलिटी हुनुपर्ने हुन्छ । आइएफआर सिस्टमका उडानका लागि आठ सय मिटरसम्म भिजिबिलिटी जरुरी हुन्छ । विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ । उडान नहुँदा जहाजमा आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन् । साभार : गोरखापत्र अनलाइन
हुस्सुका कारण २५ वटा विमानस्थलमा उडान भएन
७ पुष २०७९, बिहीबार ११:४१0


सम्बन्धित समाचार
२६ फाल्गुन २०७८, बिहीबार ११:५१0
लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५ सय ले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५ सयमा का
Read More
११ श्रावण २०७८, सोमबार १३:४७0
यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव
काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकार आफूहरूले बनाएको भन्दै अब तत्कालै सरकारमा सहभागी हुने बताएका छन् ।
निर्वाचन आयोगमा जसपाको आधिकारिकताका लागि सनाखत गरिसकेपछि प
Read More
५ पुष २०७९, मंगलवार १२:२५0
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता दिउँसाे ३ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेस
Read More
Comment here