मुम्बई । साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड रुपैंयाँको व्यापार गरेपछि उनको हाउभाउमा निकै परिवर्तन आउन थालेको छ । यी अभिनेताले अहिले पुरानै शैली अपनाउन थालेका छन् ।यसको उदाहरण हालैको घटनालाई सम्भिए पुग्छ । फिल्म ‘इण्डियन २’को सुटिङका लागि उनी हेलिकप्टरबाटै सुटिङस्थलमा पुगेका थिए । उनी तिरुपतिबाट गडिकोटा हेलिकप्टर चढेरै पुगेका थिए । कमल निकट स्रोतका अनुसार उनी अहिले दैनिक रुपमा हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् ।कमलले ‘इण्डियन २’को सुटिङका लागि हेलिकप्टर लिएर पुगेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका छन् । ‘मेरो लोकेसन थाहा पाउनु निकै सजिलो छ’, उनले लेखेका छन् । तस्वीरमा हेलिप्याडको अगाडि कमल उभिएका छन् ।‘विक्रम’को उत्कृष्ट सफलतापछि कमल जसै एकपटक पुनः खुलेर मैदानमा आएका छन् । उनी न त सरकारविरुद्ध एक राजनीतिक पार्टीलाई समर्थन गर्न हिचकिचाउछन् । न त आफ्नो बिलासी जीवनलाई सार्वजनिक रुपमा देखाउन पछि हट्छन् । हेलिकप्टरलाई पनि आम गाडीकै जस्तो गरेर प्रयोग गर्न थालेपछि कमलको शैलीबाट सबै चकित परेका छन् ।साभार : रातोपाटी
हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् कमल हासन
१९ माघ २०७९, बिहीबार १२:१६0


सम्बन्धित समाचार
११ श्रावण २०७८, सोमबार १३:४७0
यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव
काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकार आफूहरूले बनाएको भन्दै अब तत्कालै सरकारमा सहभागी हुने बताएका छन् ।
निर्वाचन आयोगमा जसपाको आधिकारिकताका लागि सनाखत गरिसकेपछि प
Read More
११ पुष २०७९, सोमबार १२:०६0
माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ । माओवादी
Read More
३ जेष्ठ २०७९, मंगलवार ११:५९0
भोट नदिएको भन्दै दम्पत्तिमाथि कुटपिट
सिरहा । जिल्लामा एक दम्पत्तिमाथि कुटपिट भएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिकामा दुई जनामाथि कुटपिट भएको हो ।उक्त गाउँपालिका वडा नं. २ नहर
Read More
Comment here