समाज

हैसियत भन्दा माथि शक्ति रहेको दावी गरेपछि गठबन्धन दलबीच तालमेल कठिन

दिपेश मल्लिक
जनकपुरधाम, २ बैशाख ।
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धन दलबीच मत्यैक्ता नहुँदा गठबन्धन पेचिलो बन्न थालेको छ । गठबन्धनमा आबद्ध केही दलहरुले आप्mनो हैसियत भन्दा माथि शक्ति रहेको दाबी गरेपछि तालमेल झन कठिन बनेको हो । एमालेबाट विभाजित भई गठन भएको नेकपा एकिकृत समाजबादी र जसपाले आफुलाई शक्तिशाली र जनताबीच लोकप्रिय दलको रुपमा दावी गर्दै अधिक सीटमा बार्गेनिङ गरेपछि गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बन्न कठिनाई उत्पन्न भएको छ ।
कुनै-कुनै स्थानीय तहमा गठबन्धनका पाँचै दलले दाबी गरेपछि सहमति बन्न नसकेको हो ।
अब कांग्रेसका प्रभावशाली नेताहरुले सहमति नभएको अवस्थामा स्वस्थ प्रतिस्पर्धा गर्न सकिने बताउन थालेका छन । जुन स्थानमा एमाले बलियो छ सो स्थानमा गठबन्धनका अन्य दलहरुले मिलेर प्रतिस्पर्धा गर्न सकिने गठबन्धन दलबीच छलफल चलिरहेको छ । तालमेलको विषय निकै पेचिलो र असहज बन्दै गएको गठबन्धन दलका शिर्षनेताहरुले स्वीकार गरेका छन । शुक्रवार नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय असहज रहेको स्वीकार गरेका हुन । श्रोतका अनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससंग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन ।
यता जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई कुनै उपलब्धि नदेखेको र कार्यकर्ताहरुमा निराशा भई भविष्यमा पार्टीलाई घातक हुन संकेत रहेकोले गठबन्धन गर्न नसकिने र यस स्थानीय तहबाट नेपाली कांग्रेस आप्mनै बलमा जीत हासिल गर्न सक्ने भएकोले नेपाली कांग्रेस आप्mनै उम्मेदवार खडा गर्ने नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले बताए ।

Comment here