काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रचण्ड शीतल निवास पुगेका हुन् ।सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।ओली र प्रचण्डसँगै एमाले, माओवादी, जसपासहितका शीर्ष नेताहरू गएका छन् ।सात दलको १६६ सांसदको सुविधाजनक बहुमतसहित संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीको दाबी गर्नेछन् ।साभार : नेपाल प्रेस
१६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस
१० पुष २०७९, आईतवार १७:३६0


सम्बन्धित समाचार
१८ मंसिर २०७८, शनिबार ०९:३९0
प्रदेश २ सभापतिका लागि देउवा समूहबाट कृष्णा यादवको उम्मेदवारी घोषणा
जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर यादवले पार्टी सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी घोष
Read More
२७ आश्विन २०७९, बिहीबार ११:५५0
अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्नेको सदस्यता खारेज गर्ने सीके राउतको चेतावनी
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् ।अध्यक्ष डा. राउतले आज विज्ञप्ती जारी गरेर आफ
Read More
४ माघ २०७९, बुधबार ११:४९0
देउवा भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा, सभामुख निर्वाचनमा सहकार्यबारे छलफल
काठमाडौं । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।सभा
Read More
Comment here