समाज

MAW द्वारा रक्तदान कार्यक्रम

जनकपुरधाम । विश्वकर्मा पुजाको अवसरमा MAW Skills Academy ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ पिडारी चोकमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश २ का भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री विजय यादवले गरेका थिए । कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन । सो कार्यक्रममा गामा फुडस नेपालका प्रबन्ध निर्देशक एवं संचार उद्यमी अकबर मंसुर , जनता समाजवादि पार्टीका युवा नेता पशुपति यादव, बजरंग यादव, शेष नारायण यादव सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

MAW Skills Academy  प्रदेश २ अध्यक्ष महेन्द्र रायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा MAW का प्रशिक्षक कुन्दन कणर्, दिपेन्द्र महासेठ, इशा पटेल लगायतका व्यक्तिहरुको सहभागिता थियो ।

Comment here