सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युवाका लागि नयाँ आशा
6 महीना पहिले प्रकाशित
Smrititimes
सिराहा,१२ बैशाख ।
सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा सिरहाको औरही र अर्नमा गाउँपालिकालाई लक्षित गरि संचालन गर्न गइरहेको उज्ज्वल भविष्य परियोजनाको सिरहास्थित रमझम होटेलमा मंगलवार एक भब्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो ।
चार वर्षसम्म सञ्चालन हुने यस परियोजनाले समाजमा विद्यमान बालविवाह, लैङ्गिक असमानता तथा सीमित अवसरजस्ता समस्याहरूलाई सम्बोधन गर्दै किशोरकिशोरी तथा युवाहरूलाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
पलान इन्टरनेशनल नेपालको पुर्व क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा समग्र जन उत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने परियोजना संयोजक पवन दासले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
यस अवसरमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादव, अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव, जिल्ला स्वास्थ्य कार्यालय सिराहा, गैर सरकारी संस्था महासंघ नेपाल, सिरहा जिल्ला अध्यक्ष गोविन्द विष्ट लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय सिरहा, जिल्ला उद्योग वाणिज्य संघ सिरहा, सञ्चारकर्मी, युवा सञ्जाल तथा बाल क्लब सञ्जालका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा पालन इन्टरनेशनल नेपालका फाइनान्स कन्ट्रोलर कमरुण हुडा, ग्रान्ट्स म्यानेजर भूमिका श्रेष्ठ, अनुगमन मुल्यांकन प्रतिबेदन तथा सिकाई बिज्ञ सुशील कुमार यादव, परियोजना विशेषज्ञ इन्द्र बहादुर हायुको उपस्थिति रहेको समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक अनिता कुमारी चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा पलान इन्टरनेशनल नेपालको वरिष्ठ प्राविधिक सल्लाहकार शान्ति उपाध्याय र प्राबिधिक सल्लाहकार प्रतिमा कुवरले परियोजनाको उद्देश्य, कार्ययोजना, ‘परिवर्तनको सिद्धान्त’, अपेक्षित उपलब्धि तथा सूचकहरूबारे विस्तृत प्रस्तुति गर्दै उज्ज्वल भविष्य कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । सहभागीहरूले बालविवाह, लैङ्गिक विभेद तथा अवसरको अभावका कारण किशोर किशोरी ÷युवाहरूले भोगिरहेका चुनौतीहरूबारे धारणा राख्दै स्थानीय तह, सरकारी निकाय र सरोकारवालाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
प्रमुख अतिथि महतोले परियोजनाले स्थानीय तहमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। शुभारम्भ कार्यक्रमका अध्यक्ष पण्डितले किशोरी तथा युवतीहरूको क्षमता अभिवृद्धि, आर्थिक अवसर सिर्जना तथा सुरक्षित वातावरण निर्माणमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो।
त्यसैगरी, औरही गाउँपालिकाका अध्यक्ष यादव तथा अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले परियोजनाको सफल कार्यान्वयनका लागि पालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका ब्यबसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठले सहभागीहरूको जिज्ञासाको सम्बोधन गर्दै परियोजनाको लक्ष्य हासिल गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य रहेको बताउनुभयो।
जिल्लाका विभिन्न सरोकारवाला निकायका करिब ३१ जना सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सामाजिक कुरीति र हानिकारक मान्यताहरूको अन्त्यका लागि सहकार्य, समन्वय र प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले ‘उज्ज्वल भविष्य’ परियोजनाले सिराहामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
22 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
22 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
22 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
22 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
22 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
23 घन्टा पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..