नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २१६ लिटर नेपाली मदिरासहित एक जना पक्राउ

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २६ गते । भारत–नेपाल सीमामा तैनाथ एसएसबी (सशस्त्र सीमा बल) ४८औँ बटालियन ले नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गरी लैजाँदै गरेको २१६ लिटर नेपाली मदिरा बरामद गरेको छ। घटनामा संलग्न एक जना तस्करलाई पनि पक्राउ गरिएको छ।
एसएसबी ४८औँ बटालियन मुख्यालय जयनगरका कमाण्डेन्ट राजेन्द्र कुमारको निर्देशन तथा कमला सीमा चौकीका कम्पनी कमाण्डर सहायक कमाण्डेन्ट हिमांशु भूषण मोहन्तीको नेतृत्वमा खटिएको टोलीले सीमा स्तम्भ नम्बर २७२÷४ नजिकै विशेष गस्तीका क्रममा उक्त मदिरा बरामद गरेको हो।
एसएसबीका अनुसार नाका गस्तीमा रहेका सुरक्षाकर्मीहरूले नेपालबाट भारतीय क्षेत्रमा प्रवेश गरिरहेको एक व्यक्तिलाई शंकास्पद अवस्थामा देखेका थिए। ती व्यक्ति स्प्लेन्डर प्लस मोटरसाइकलमा ठूलो परिमाणमा मदिरा बोकेर भारततर्फ आउँदै थिए।
सुरक्षाकर्मीको उपस्थिति थाहा पाएपछि तस्करले मदिरा बोकेको मोटरसाइकल छाडेर नेपालतर्फ भाग्ने प्रयास गरेका थिए। तर एसएसबीका जवानहरूले उनलाई पछ्याएर नियन्त्रणमा लिन सफल भएका थिए।
जाँचका क्रममा मोटरसाइकलबाट ३०० मिलिलिटरका नेपाली मदिराका बोतलहरू गरी कुल २१६ लिटर मदिरा बरामद भएको एसएसबीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारतको जयनगर थाना क्षेत्रअन्तर्गत कुआढ गाउँ निवासी राम बाबु यादवका १९ वर्षीय छोरा राजा यादव रहेको खुलाइएको छ।
एसएसबीले आवश्यक कागजी प्रक्रिया पूरा गरी पक्राउ परेका युवक तथा बरामद सामानलाई थप कानुनी कारबाहीका लागि देवधा थाना प्रहरीको जिम्मा लगाएको छ। देवधा थाना प्रमुख ब्रजेश कुमार सिंहका अनुसार पक्राउ परेका युवकविरुद्ध मुद्दा दर्ता गरी उनलाई न्यायिक हिरासतका लागि मधुबनी पठाइएको छ।
भारतको बिहार राज्यमा मदिरा निषेध नीति लागू रहेकाले नेपालबाट हुने मदिरा तस्करी राज्य सरकार र सुरक्षा निकायका लागि चुनौती बन्दै गएको बताइएको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

13 दिन पहिले