नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २१६ लिटर नेपाली मदिरासहित एक जना पक्राउ

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २६ गते । भारत–नेपाल सीमामा तैनाथ एसएसबी (सशस्त्र सीमा बल) ४८औँ बटालियन ले नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गरी लैजाँदै गरेको २१६ लिटर नेपाली मदिरा बरामद गरेको छ। घटनामा संलग्न एक जना तस्करलाई पनि पक्राउ गरिएको छ।
एसएसबी ४८औँ बटालियन मुख्यालय जयनगरका कमाण्डेन्ट राजेन्द्र कुमारको निर्देशन तथा कमला सीमा चौकीका कम्पनी कमाण्डर सहायक कमाण्डेन्ट हिमांशु भूषण मोहन्तीको नेतृत्वमा खटिएको टोलीले सीमा स्तम्भ नम्बर २७२÷४ नजिकै विशेष गस्तीका क्रममा उक्त मदिरा बरामद गरेको हो।
एसएसबीका अनुसार नाका गस्तीमा रहेका सुरक्षाकर्मीहरूले नेपालबाट भारतीय क्षेत्रमा प्रवेश गरिरहेको एक व्यक्तिलाई शंकास्पद अवस्थामा देखेका थिए। ती व्यक्ति स्प्लेन्डर प्लस मोटरसाइकलमा ठूलो परिमाणमा मदिरा बोकेर भारततर्फ आउँदै थिए।
सुरक्षाकर्मीको उपस्थिति थाहा पाएपछि तस्करले मदिरा बोकेको मोटरसाइकल छाडेर नेपालतर्फ भाग्ने प्रयास गरेका थिए। तर एसएसबीका जवानहरूले उनलाई पछ्याएर नियन्त्रणमा लिन सफल भएका थिए।
जाँचका क्रममा मोटरसाइकलबाट ३०० मिलिलिटरका नेपाली मदिराका बोतलहरू गरी कुल २१६ लिटर मदिरा बरामद भएको एसएसबीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारतको जयनगर थाना क्षेत्रअन्तर्गत कुआढ गाउँ निवासी राम बाबु यादवका १९ वर्षीय छोरा राजा यादव रहेको खुलाइएको छ।
एसएसबीले आवश्यक कागजी प्रक्रिया पूरा गरी पक्राउ परेका युवक तथा बरामद सामानलाई थप कानुनी कारबाहीका लागि देवधा थाना प्रहरीको जिम्मा लगाएको छ। देवधा थाना प्रमुख ब्रजेश कुमार सिंहका अनुसार पक्राउ परेका युवकविरुद्ध मुद्दा दर्ता गरी उनलाई न्यायिक हिरासतका लागि मधुबनी पठाइएको छ।
भारतको बिहार राज्यमा मदिरा निषेध नीति लागू रहेकाले नेपालबाट हुने मदिरा तस्करी राज्य सरकार र सुरक्षा निकायका लागि चुनौती बन्दै गएको बताइएको छ ।

12 comments
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

8 घन्टा पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

8 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

8 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 दिन पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

1 दिन पहिले

भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..

जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..

2 दिन पहिले

मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..

जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..

2 दिन पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..