सबैला नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २८ गते ।
धनुषा जिल्लाको सबैला नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण बुधबार सम्पन्न भएको छ । जानकी महिला जागरण समाज ज्वासको संयोजकत्वमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तरगत सबैला नगरपालिका वडा नं.९,१०,११ र १३ मा भएका कामहरुका बारेमा सरोकारबला सबै पक्ष संगको उपस्थितीमा सामाजिक लेखा परिक्षण समपन्न भएको छ ।

ज्वासका अध्यक्ष मन्दाकिनी कर्णको अधयक्षता तथा सबैला नगरपालिकाका मेयर कारीराम यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले परियोजना अन्तरगत भएका बाल संरक्षणका कार्यक्रमहरु किसोरी सञ्जाल परिचालन, स्टिक्स एण्ड सटोन सत्रहरु,अनतरपुस्ता सम्बाद, सकारात्मक अभिभावकत्व सत्रहरु, सिओसी कक्षाका सहभागीहरु लगायतका विभिन्न पक्षहरुलाई लाभ भएकाले बताएका थिए । सो कार्यक्रममा परियोजना संयोजक निकिता सिँह यादवले परियोजना अन्तरगत संचालन भएका कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले परियोजनाको लक्ष्य, समष्टिगत उद्देशय,उद्देश्य, लक्षित समुह,उपलब्धि,असल अभ्यास तथा सिकाईको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । पत्रकार धर्वेन्द्र झाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सबैला नगरपालिकाका मेयर यादवले सुतकेरी महिलाहरुको लागि केहि गर्न खोजे स्वास्थ्यकर्मीहरुबाट सहयोग नभएको भन्दै सामाजिक स्तरमा चेतनाको स्तर बढाउनुपर्ने बताउनु भयो ।

आफुले धेरै काम गने पनि प्रचारको आभावमा जनचेतना नबढेको स्विकार गर्नुभयो । सो कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले परियोजना संचालन भएदेखि चार वटा वडामा भएको कामहरुले जनातामा सचेतना बढेकाले अगामी दिनमा बाँकी रहेको ९ वटा वडाहरुमा पालिका तथा दातृनिकायको समन्वयमा थप काम गर्न आफुहरु तयार रहेको र बजेट समेत विनियोजन गर्ने आश्वासन दिनुभयो ।

सो कार्यक्रममा बोल्दै प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ मिहिर कुमार झाले आफुहरुले बढी रकम लाग्ने सुरुवाती काम गरी सकेको बताउदै अब पालिकाले थोरै रकम खर्चिदा परियोजनाले सिकाएको कामहरु नियमित गर्न सकिने बताउनु भयो । हरेक वडामा मात्र ५० हजार रकम छुट्याये नियमित रुपमा काम गर्न सकिने उहाँले बताउनु भयो । सो कार्यक्रममा पालिकाको स्वास्थ्य संयोजक गुलेश्वर गडेरीले पोषणको क्षेत्रमा आफु्हरुले काम गरीरहेको जानकारी दिदै ज्वासले आफुहरुलाई थप सक्रिय बनाएको स्विकार गर्नुभयो । परियोजना संचालन भएदेखि चार वडामा परिवर्तन देखिएको सो वडाका अध्यक्षहरु, योजना शाखाका प्रमुख,स्वास्थ्य शाखाका कर्मचारीहरु,वडाध्यक्षहरु आमा समुह, सीओसी च्याम्पियनहरु, अभिभावक समुह लगायतका सहभागीहरुले बताएका थिए ।

सो कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाइजरहरुको सहभागिता रहेको थियो । सामाजिक लेखा परिक्षणमा सहभागी सरोकारबलाहरुले यो परियोजनाले समाजमा धेरै परिवर्तन भएको बताउदै यसले बालिकाहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको सहभागीहरुले जानकारी दिएका थिए ।

12 comments
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

8 घन्टा पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

8 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

8 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 दिन पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

1 दिन पहिले

भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..

जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..

2 दिन पहिले

मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..

जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..

2 दिन पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..