विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार १० गते ।
मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहयोग तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वय र सहजीकरणमा “विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन ९ वटा विषयगत समूह गठन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कमल भट्टराईले विपद् व्यवस्थापन सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले प्रकृति पृथ्वी, जल, वायु, अग्नि र आकाशजस्ता तत्वहरूको सन्तुलनमा आधारित रहने उल्लेख गर्दै सन्तुलन बिग्रँदा प्राकृतिक विपद् उत्पन्न हुने बताउनुभयो। मानव गतिविधिबाट सिर्जित विपद्लाई उचित योजना, कानुनको पालना तथा जिम्मेवार विकासमार्फत न्यूनीकरण गर्न सकिने धारणा राख्दै उहाँले विपद् न्यूनीकरणका लागि जनचेतना, पूर्वतयारी र ज्ञानको आदान–प्रदान आवश्यक रहेकोमा जोड दिनुभयो । प्रमुख सचिव भट्टराईले कार्यमञ्चले कानुन निर्माण, जनचेतना अभिवृद्धि, क्षमता विकास तथा सम्बन्धित निकायबीच समन्वय गरेर काम गर्नुपर्ने सुझाव दिनुभयो। भवन निर्माण मापदण्ड, पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले नवगठित कार्यमञ्च औपचारिकतामा सीमित नभई परिणाममुखी बन्नुपर्ने बताउनुभयो। विपद् व्यवस्थापन केवल सुरक्षा निकाय वा गृह मन्त्रालयको जिम्मेवारी नभई सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र समुदायको साझा दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालमा २०६५ सालदेखि विषयगत समूहमार्फत जिम्मेवारी बाँडफाँडको अभ्यास भइरहेको र त्यसको सकारात्मक परिणाम प्राप्त भएकाले अब प्रदेश तहसम्म उक्त प्रणाली विस्तार गरिएको जानकारी दिनुभयो। यस वर्ष मनसुनमा केही क्षेत्रमा अत्यधिक वर्षा, लामो सुख्खा अवधि तथा तापक्रम वृद्धि हुने पूर्वानुमान रहेकाले बाढी, पहिरो, डुबान, खडेरी र गर्मीजन्य विपद्को जोखिम उच्च रहेको भन्दै सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा विपद पुर्वतयारी सञ्जाल नेपाल (डीपीनेट नेपाल)का मधेश प्रदेश अध्यक्ष नागदेव यादवले मधेश प्रदेशका आठवटै जिल्लाको माथिल्लो भूभाग चुरे क्षेत्रमा पर्ने र चुरे भूगर्भीय रूपमा कमजोर क्षेत्र भएकाले जलवायु परिवर्तनका असर झन् गम्भीर बन्दै गएको बताउनुभयो। उहाँले चुरे क्षेत्रका नदी–खोलामा चेकड्याम, वर्षा पानी संकलन (रेन वाटर हार्भेस्टिङ) तथा अन्य जल संरक्षण संरचनाहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यादवले रातु नदी क्षेत्रमा समुदायको सहभागितामा निर्माण गरिएका जल संरक्षण संरचनाले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै बाढी पूर्वसूचना प्रणालीलाई मधेश प्रदेशका सबै प्रमुख नदी–खोलामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सानो लगानीबाट ठूलो क्षति न्यूनीकरण गर्न सकिने भएकाले पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव गणेश नायकले मधेश प्रदेश बाढी, डुबान, आगलागी, शीतलहर, खडेरी, चट्याङ तथा हावाहुरीजस्ता विपद्को उच्च जोखिममा रहेको प्रदेश भएकाले विपद् जोखिम न्यूनीकरणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले योजना कार्यान्वयन, विपद् कोष परिचालन, जनचेतना अभिवृद्धि तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका काम अघि बढाइएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विपद् प्रभावित समुदायका प्रतिनिधिहरूले विपद् व्यवस्थापनसम्बन्धी योजना, निर्णय र कार्यक्रम निर्माणमा प्रभावित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनीहरूले जिल्ला विपद् व्यवस्थापन समितिका बैठकहरूमा समुदायका प्रतिनिधिको सहभागिता बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरूले विपद् पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा प्रदेश सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा यूएनएफपीएका मधेश प्रदेश प्रमुख नरेन्द्र मिश्रले मनसुन पूर्वतयारी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालय तथा सरोकारवाला निकायबीच सशक्त समन्वय आवश्यक रहेको बताउनुभयो।
उहाँले संयुक्त राष्ट्रसंघीय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरू सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक पर्दा सहयोगका लागि सधैं उपलब्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नवगठित कार्यमञ्चले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःलाभ÷पुनःस्थापनाका चारै चरणमा प्रभावकारी समन्वय गर्दै विपद् प्रभावित समुदायलाई छिटो, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो। साथै, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र तथा विकास साझेदार संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 घन्टा पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 दिन पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
1 दिन पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
2 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 घन्टा पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 दिन पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
1 दिन पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
2 दिन पहिले
मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..
जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..
2 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..