मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवसायीको टोली प्रस्थान
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भारतको मुम्बईमा आयोजना हुने ट्राभल एण्ड टुरिजम फेयर (टीटीएफ) मा सहभागी हुन प्रस्थान गरेका छन्।
मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टर, बीकेसीमा अगस्ट २० देखि २२ गतेसम्म आयोजना हुने तीनदिने मेलामा विभिन्न देश तथा भारतका विभिन्न राज्यका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, एयरलाइन्स, डीएमसीलगायत पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
मधेशबाट सहभागी हुने व्यवसायीहरूले मेलामार्फत जनकपुरधामसहित प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्नुका साथै भारतीय पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारी विस्तार गर्ने अपेक्षा गरिएको छ।
यसैबीच मुम्बई प्रस्थान गर्न लागेका पर्यटन व्यवसायीहरूलाई जनकपुरधाम उद्योग वाणिज्य संघले सम्मानसहित बिदाइ गरेको छ। संघका अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान अध्यक्ष जितेन्द्र महासेठसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले व्यवसायीलाई गम्छा ओढाएर सम्मान गर्दै सफल यात्रा र शुभकामना दिएका थिए।
भारतको ठूलो पर्यटन बजारमध्ये मुम्बईमा हुने अन्तर्राष्ट्रियस्तरको पर्यटन मेलामा मधेशका व्यवसायीको सहभागितालाई प्रदेशको पर्यटन बजार विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी जानकी मन्दिर, मिथिला संस्कृति, धार्मिक स्थल तथा मधेशका अन्य पर्यटकीय गन्तव्यलाई भारतीय पर्यटकमाझ प्रवद्र्धन गर्न मेलाले सहयोग पुग्ने व्यवसायीहरूको विश्वास छ।
होटल तथा पर्यटन व्यवसायी संघका महासचिव दीपेन्द्र पराजुलीका अनुसार टीटीएफमा सहभागिताले मधेशका पर्यटन व्यवसायीलाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष सम्पर्क र सहकार्यको अवसरसमेत प्रदान गर्नेछ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
12 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
13 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
13 दिन पहिले